रुपन्देही: कल बाइपास गरेको आरोपमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका–८ नोडिहवाका २७ वर्षीय रोहित अहिर रहेका छन् ।
अहिरलाई प्रहरीले रुपन्देही सिद्धार्थनगर नगरपालिका–३ खजहनाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकृतप्रहरी निरीक्षक यमलाल बन्जाडेका अनुसार कोठा भाडामा लिएर कल बाइपास सारकलन आधारमा उनलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार अहिरले विभिन्न उपकरण जडान गरी नेपाल टेलिकम र एनसेलको सिमकार्डमार्फत कल बाइपास गरेको देखिएको छ । यसक्रममा प्रहरीले स्पोइलर कम्पनी हब ९ थान, सिपियु ४ थान, मोडेम १६७ थान, हब विथ एन्टेना २ थान, नेपाल टेलिकमको सीमहरु बरामद गरेको छ ।
यस्तै, एलसिडी मनिटर १ थान, मोबाइल ५ थान, ल्यापटप १ थान, वर्डलिंक राउटर, स्वीच, नेटवर्कभिडिओ रेकर्डर, हब केबल्स लगायत सामान बरामद भएको प्रहरी निरीक्षक बन्जाडेले बताउनुभयो ।अहिरलाई शुक्रबार कल बाइपास कसुरमा रुपन्देही अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
जिएसएम ओभर इन्टरनेट प्रोटोकल (जिओआइपी) र भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भिओआइपी) दुई किसिमबाट कल बाइपास हुनेगरेको छ । कल बाइपासको नेटवर्क अन्तर्राष्ट्रिय तह हुँदै नेपालसम्म आइपुगेको हो । प्रहरीका अनुसार विदेशबाट नेपाल आउने नेटवर्क सर्भरलाई बीचबाटै डाइभर्टगरी कल बाइपास गरिन्छ ।कल बाइपास गर्दा टेलिकमले पाउने राजश्व गिरोहले बीचबाटै गायब पार्ने हुनाले सेवा प्रदायक कम्पनीलाई सिधै नोक्सान पुग्छ ।
अहिरले कुन किसिमको कल बाइपास गरेका हुन् प्रहरीले अनुसन्धान गरीरहेको र नेपाल टेलिकम र एनसेल दुबैका विज्ञ प्राविधिकसँग परामर्श समेत गरिरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij