Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गैँडाको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो

गैँडाको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो

नवलपरासी : गैँडाको आक्रमणबाट नवलपरासी पूर्व (नवलपुर) एक महिलाको मृत्यु भएको छ। देवचुली नगरपालिका १ मिलनचोक निवासी ४७ वर्षीया राममाया सोतीको गैँडाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

घाँस दाउरा काट्न जंगल गएकी सोती गएको बुधबारदेखि बेपत्ता थिइन्। दिव्यमध्यवर्ती सामुदायिक वनमा बिहीबार दिउँसो उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

उनको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल डण्डामा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए।सोती बुधबार गाउँका चारजना साथीसँगै घाँस काट्न जंगल गएकी थिइन्।

जंगलमा गैँडाले आक्रमण गर्न थालेपछि दुईजना भागेका थिए भने एक जनालाई गैँडाले आक्रमण गरी घाइते बनाएको थियो। त्यसयता सोती बेपत्ता थिइन्।स्थानीय बासिन्दा, प्रहरी, निकुञ्ज, सेनाको टोलीले निकुञ्जभित्र खोजी गर्ने क्रममा दिव्यमध्यवर्ती सामुदायिक वनभित्र बिहीबार सोतीको शव भेटिएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij