Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

काठमाडौँमा सुन र मोबाइल चोरी

काठमाडौँमा सुन र मोबाइल चोरी

काठमाडौँ : काठमाडौँ महानगरपालिका-२६ मा बुधबार दिउँसो चोरी भएको छ । कपुरधारा चोक डेरा गरी बस्ने म्याग्दी रघुगंगा गाउँपालिका-२ घर भएकी सुशीला केसीको कोठामा चोरी भएको हो ।

चोरले २ तोला तौलको सुनको सिक्री १ थान र मोबाइल २ थान चोरेर लगेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij