Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

‘हनी ट्रयाप’ मा पारी १० लाख असुली गरेको आरोपमा युवती पक्राउ

‘हनी ट्रयाप’ मा पारी १० लाख असुली गरेको आरोपमा युवती पक्राउ

काठमाडौं : ‘हनी ट्रयाप’मा पारेर दश लाख रकम मागेको आरोपमा एक युवती पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका-८ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य रहेकी छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार कुलेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले राइस कुकर बनाउने बहानामा पीडितलाई पटक पटक फोन गरेर बोलाएकी थिइन् । पछि उनले पीडितसँग जबर्जस्ती करणी मुद्दामा फसाइदिने धम्की दिँदै १० लाख रूपैयाँ फिरौती मागेकी थिइन्।

शुरूमा चेकमार्फत तीन लाख लिई बाँकी ७ लाख एक हप्ताभित्र बुझाउने सर्तमा रकम असुली गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

अस्मिताको साथबाट उनका नाममा काटिएको नबिल बैंकको तीन लाख रूपैयाँको चेक एक थान र आईफोन एक थान समेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनलाई आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij