Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रहरीका उच्च अधिकारीको नाम र दर्जा दुरुपयोग गरेर ठगी गर्नेहरू फन्दामा

प्रहरीका उच्च अधिकारीको नाम र दर्जा दुरुपयोग गरेर ठगी गर्नेहरू फन्दामा

काठमाडौँ : प्रहरीका उच्च अधिकारीहरूको नाम र दर्जा दुरुपयोग गरी साइबर ब्युरोको फेक इमेल बनाउँदै ठगी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीका मनिष कुमार मेहता र इन्द्रजित यादव रहेका छन् ।

उनीहरूले पीडितहरूलाई डर त्रासमा पारी रकम माग गरेर ठगी गरेको निवेदनका आधारमा अनुसन्धान गर्दा संलग्नता खुलेसँगै पक्राउ गरिएको ब्युरोले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा पक्राउ गरेर काठमाडौँ ल्याइ अदालतबाट ७ दिनको म्याद दिएर आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij