Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पृथ्वी राजमार्गमा ट्रक र कार ठोक्किँदा एक जना घाइते

पृथ्वी राजमार्गमा ट्रक र कार ठोक्किँदा एक जना घाइते

काठमाडौँ : पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छा कामना गाउँपालिका–३ पानाधारामा ट्रक र कार ठोक्किँदा एक जना महिला घाइते भएकी छन् । दुर्घटनापछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ ।

काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख १७५४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–०२७ च ४००० नम्बरको कार ठोक्किएको हो ।दुर्घटनामा कारमा सवार रुपन्देहीको देव दह नगरपालिका-४ की ५० बर्सिया मायादेवी उपाध्याय घाइते भएकी छन् ।

उपाध्यायको टाउकोमा चोट लागेको छ । तर, अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उहाँलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ ।कारले ओभरटेक गर्ने क्रममा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij