तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलवारीमा शनिबार साँझ भएको ग्यास बुलेट दुर्घटनामा चालकको मृत्यु भएको छ ।मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको भारतीय एचआर ५५ क्यु ४७११ नम्बरको ग्यास बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारत विहार राज्य मिर्जापुर पठाही जिल्ला पूर्वी चम्पारण बस्ने ३६ वर्षीय भारतीय नागरिक श्रीकान्त कुमार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिनुभयो ।ग्यास बुलेटले च्यापिएर गम्भीर घाइते उनलाई उद्धार गरी दमौली अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij