Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सिन्धुपाल्चोकमा प्रेमिका भेट्न गएका दिनेशको हत्या भएकाे आशंका

सिन्धुपाल्चोकमा प्रेमिका भेट्न गएका दिनेशको हत्या भएकाे आशंका

काठमाडौं : सिन्धुपाल्चोकको भोटेकोशी गाउँलिका २ मा प्रेमिका भेट्न गएका अन्दाजी २२ वर्षीय दिनेश विकको हत्या भएकाे आशंका गरिएको छ । सिन्धुपाल्चोक प्रहरी प्रवक्ता उमाशंकरप्रसाद यादवले तातोपानी नुहाउन गएका दिनेश प्रेमिका भेट्न पुगेका बेला गाउँलेको सामूहिक कुटाइमा परेको हुनसक्ने बताएका छन् ।

आफूहरुले दिनेशलाई घटनास्थलमा गम्भीर घाइते अवस्थामा भेटेको र बाह्रविसे अस्पताल लैजाँदा मृत्यु भएको उनले रातोपाटीलाई बताए । हाल दिनेशको शव बाह्रविसे अस्तालमा रहेको र प्रेमिका भनिएकी युवतीलाई प्रहरीमा बोलाएर सोधपुछ भइरहेको उनको भनाइ छ । भोटेकोशी १ कोदारीका दिनेश वडा नम्बर २ को भ्यु प्वइन्ट नजिक घाइते अवस्थामा भेटिएका थिए ।

मृतकको साथमा गएका १७ वर्षीय सुरेश विकका अनुसार स्थानीयले भीरबाट लडेको बताए पनि लडेको जस्तो देखिने कुनै चोट निसान नभएको र १०० मिटर माथिबाट खस्दा पनि अंगभंग नहुनु वा ठूलो चोट नलाग्नु शंकास्पद भएको बताएका छन् । एक डेढ घण्टापछि भ्युटावरबाट साथीलाई खोज्दै जाँदा घटनास्थलमा प्रहरी आइपुगिसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij