परासी : नवलपरासीमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यू भएको छ । जिल्लाको सरावल गाउँपालिका वडा नं. १ सालबासमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश नं.३—०२—००६ प ९८३६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको बीच पेटीमा ठोकिंदा रुपन्देही शुद्धोधन गाउँपालिका अमहवा वस्ने २८ बर्षका कमल परियारको उपचारको क्रममा मृत्यू भएको हो । घटनापछि घाईते परियारलाई उपचारकालागि लुम्बिनी सिटी अस्पताल बुटवल पुर्याइएको थियो ।
यस्तै सोहि मोटरसाईकल चालक नुवाकोट जिल्ला लिखु ३ बस्ने २९ बर्षका गोपाल लोहनीको टाउकोमा चोट लागेको छ । लोहनीलाई अहिले उपचारकालागि लुम्बिनी सिटी अस्पताल बुटवल लगिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij