Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

आशिका तामाङ २० हजार धरौटीमा रिहा

आशिका तामाङ २० हजार धरौटीमा रिहा

काठमाडौं : आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ धरौटीमा रिहा भएकी छन्।

आपराधिक उपद्रव कसुरमा जिल्ला अदालत भक्तपुरले तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

माघ २ गते प्रहरी वृत्त गौशालाले उनलाई अभद्र व्यवहार गरेको कसुरमा पक्राउ गरेको थियो।

प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो।

त्यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई माघ १४ गते १० हजार धरौटी माग गरी रिहा गर्न आदेश दिएको थियो।

शुक्रबार अदालतमा पेस गर्दा उनीसँग धरौटी माग गरिएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij