Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बिदाको दिन चलाएको भन्दै भजनी नगरपालिकाको गाडी युवाले लिए नियन्त्रणमा

बिदाको दिन चलाएको भन्दै भजनी नगरपालिकाको गाडी युवाले लिए नियन्त्रणमा

सार्वजनिक बिदाको दिन अनुमतिविना सरकारी गाडी चलाएको भन्दै कैलालीको भजनी नगरपालिकाको गाडी स्थानीय युवाले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन्।नगरपालिकाको बा १ झ ६७५५नम्बरको स्कारपियो भजनी बजारबाट स्थानीय बिहीबार उनीहरूले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भजनीमा बुझाएका हुन्।

उक्त गाडी सार्वजनिक बिदाको दिन चलाउने सवारी पास नलिएर कर्मचारी र प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेका आफन्तले प्रयोग गरेको पाइएको स्थानीय अर्जुन सोबले बताए। ‘सरकारी गाडी सार्वजनिक बिदाको दिन चलाएको देखेपछि सवारी पास माग्यौँ, तर सवारी पास रहेनछ,’ उनले भने, ‘बिदाको दिन सरकारी गाडीको दुरुपयोग गरेको देखिएपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हौँ।’

गाडीको अन्य कागजातसमेत नरहेको उनले बताए। सोबका अनुसार उक्त गाडीमा नगरपालिकाका ओभरसियर निरज सिंह र प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेका छोरा केयुर न्यौपानेले प्रयोग गरेका थिए। उनीहरू वडा नम्बर ५ मा जान लागेको थाहा भएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij