Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

६ लाख नगदसहित एक जना पक्राउ

६ लाख नगदसहित एक जना पक्राउ

पर्सामा स्रोत नखुलेको ६ लाख नगदसहित एक जना पक्राउ परेका छन्।वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरसथित सडकबाट एक जनालाई ६ लाख नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर लम्सालले जानकारी दिए। पक्राउ पर्नेमा भारत विहार रक्सौलका २७ वर्षीय ओमकुमार रौनियार छन्।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले उनलाई बिआर ०५ क्यु ४३८४ नम्करको मोटरसाइकल रोकेर जाँच गरेको थियो। उनले बोकेको बोरामा ५ सयको १२०० थान नोट बरामद भएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij