Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

कञ्चनपुरमा घरमै भरुवा बन्दुक लुकाएका पुन्ना पक्राउ

कञ्चनपुरमा घरमै भरुवा बन्दुक लुकाएका पुन्ना पक्राउ

धनगढी : कञ्चनपुरमा घरमै भरुवा बन्दुक लुकाएका पुन्ना राना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले लालझाडी गाउँपालिका -३ बस्ने रानालाई एकनाले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

उनले घरमै लुकाएर राखेको अवस्थामा बन्दुक बरामद गरिएको प्रहरीले बताएको छ । बुधबार नियन्त्रणमा लिइएका रानामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij