काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सचिव टेकनाराण पाण्डेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश कुमार चुडालको इजलासले सचिव पाण्डेको बन्दीप्रत्यक्षीकरण निवेदनमा पहिलो सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो ।
पाण्डे माघ ११ गते सर्वोच्च पुगेका थिए । उनको रिटमा पहिलो सुनुवाइ हुँदै छ । सुरुमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाले अधिकांश प्रतिवादीलाई थुनामा पठाउँदा निलम्बित सचिव पनि थुनामै गएका थिए । त्यसविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए । पाटनले पनि जिल्लाकै आदेश सदर गरेपछि पाण्डे सर्वोच्च आएका हुन् । उनी पहिलो अभियोगपत्रका प्रतिवादी हुन् । सरकारले पहिलो अभियोगपत्रमा पूर्वमन्त्रीद्धय बालकृष्ण खाण, टोपबहादुर रायमाझीसहितलाई प्रतिवादी बनाएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij