Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

बारा : जीतपुर सिमरा उपमहानगरपालिका–१६ पैनी टोलस्थित सडकबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँ सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा सखूवाप्रसौनी गाउँपालिका–१ दोहरी टोल बस्ने ३२ वर्षीय अनिल पटवारी थारू र वीरगन्ज महानगरपालिका–१५ लक्ष्मनवा बस्ने ३१ वर्षीय ओम प्रकाश यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय सिमरा र अस्थायी प्रहरी पोस्ट डुमरवानाबाट खटिएको प्रहरीले कलैयाबाट मोरङ विराटनगरतर्फ जाँदै गरेको म.प्र.०३-००१ च ८०७३ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा गाडीको सिट मुनी लुकाई छिपाई राखेको उक्त नगद फेला पारी चालक अनिल र गाडीमा सवार ओम प्रकाशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij