Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

आशिका तामाङमाथि आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान

आशिका तामाङमाथि आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेको धरौटी बुझाएर छुटेकी आशिका तामाङ फेरि पक्राउ परेकी छन् । सोमबार १० हजार धरौटी बुझाएर उनी छुटेकी थिइन् । तर, आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले रातोपाटीलाई बताए । उनले भने,‘हामीले पत्र पठाएका थियौँ, सोही अनुसार प्रहरी वृत्त गौशालाले हामीलाई बुझाएको छ ।’

उनीविरुद्ध प्रहरी वृत्त जगातेमा आपराधिक उपद्रव गर्न नहुने कसुरमा उजुरी परेको डीएसपी न्यौपानेले बताए । उनले भने, ‘प्रहरी वृत्त जगातेले त्यसबारे अनुसन्धान गरिरहेको छ ।’ साँगा स्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरुसँग सूर्यबिनायक नगरपालिकाले २० रुपैयाँ कर सङ्कलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दावी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएको आरोप छ । सूर्यबिनायक नगरपालिकाले त्यसबारे अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको छ । उनीविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान गरिने डीएसपी न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij