Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

अछाम फुपू-भदै मृत्यु प्रकरण : पोस्टमार्टमका लागि शव नेपालगन्ज पुर्‍याइयो

अछाम फुपू-भदै मृत्यु प्रकरण : पोस्टमार्टमका लागि शव नेपालगन्ज पुर्‍याइयो

अछाम : अछाममा गोठालो गएका बेला मृत अवस्थामा भेटिएका दुई जना किशोरीको शव पोस्टमार्टमका लागि भेरी प्रादेशिक अस्पताल नेपालगन्ज पुर्‍याइएको छ ।ढकारी गाउँपालिका-८ घोडासैनका दुई जना किशोरीको जंगलमा शव भेटिएपछि हत्या गरिएको आशंकामा प्रहरीले दुई जनालाई आइतबार राति नियन्त्रणमा लिएको छ।

घटनालाई गृह मन्त्रालय, नेपाल प्रहरीले गम्भीर रूपमा लिएकाले अनुसन्धानलाई थप विश्वसनीय बनाउनका लागि दुइ वटै शवको पोस्टमार्टमका लागि भेरी प्रादेशिक अस्पताल नेपालगन्ज पुर्‍याइएको अछाम प्रहरीले जनाएको छ ।जिल्ला अस्पताल मंगलसेनमा पोस्टमार्टम गर्ने भनेर आइतबार साँझ शव मंगलसेन ल्याइए पनि गृह मन्त्रालय, प्रहरी र परिवारको सल्लाहमा शव नेपालगन्ज लगिएको हो।

शुक्रबार बाख्रा चराउन गएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको शव गाउँपालिकाको वडा नम्बर १ मा पर्ने रिमारवा छिन्ने जंगलमा शनिबार दिउँसो १५ मिटरको दुरीमा क्षतविक्षत अवस्थामा फेला परेको थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij