Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

कैलाली : कैलाली प्रहरीले किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

जोशीपुर गाउँपालिका-६ बस्ने १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जोशीपुर-१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेका छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बलात्कारमा संलग्न रहेको आरोप लागेका अन्य दुई जना भने भारततर्फ भागेको प्रहरीले जनाएको छ ।

भारत भाग्नेमा १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij