Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

ताप्लेजुङ घटनाका घाइतेलाई सेनाको हेलिकप्टरमा काठमाडौं लगिंदै

ताप्लेजुङ घटनाका घाइतेलाई सेनाको हेलिकप्टरमा काठमाडौं लगिंदै

विराटनगर : ताप्लेजुङको फुङलिङ नगरपालिका-११ मा प्रहरीले चलाएको गोली लागेर घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं लगिने भएको । प्रहरीको गोली लागेर गम्भीर घाइते भएका दुई जना र झडपकै क्रममा घाइते भएका अर्का एक जनालाई काठमाडौं लिन लागिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादका अनुसार घाइतेहरू यामबहादुर लिम्बु, सगुन लावती र धर्मान पालुङ्वालाईकाठमाडौं लिन लागिएको हो ।

शनिबार बेलुका पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको समूहसँगको झडपमा प्रहरीले गोली चलाउँदा र भागदौडका क्रममा केही व्यक्ति घाइते भएका थिए । तीमध्ये तीन जना गम्भीर घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि राति नै विराटनगरको नोबेल मेडिकल कलेजमा ल्याइएको थियो ।

अस्पतालले थप उपचारका लागि रेफर गरेपछि काठमाडौं लैजाने तयारी भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । ‘यहाँबाट रेफर भएपछि काठमाडौं पठाउन सेनाको हेलिकप्टर आउँदैछ,’ उनले भने,’ हामीले यहाँबाट पठाउने प्रबन्ध गरेको हौं ।’ केबलकारका कारण पहिचान मेटिने आन्दोलन सुरु गरेको ‘नो केबलकार समूह’ आज आइतबारबाट थप आन्दोलन गर्ने तयारी गरेको थियो ।

आन्दोलनकारीलाई तितरवितर पार्न शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिको थियो । शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार झडपमा केही प्रहरी पनि घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij