Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

रेल दुर्घटनामा मृत्यु भएका सात नेपालीको शव ल्याउने तयारी

रेल दुर्घटनामा मृत्यु भएका सात नेपालीको शव ल्याउने तयारी

भारतको महाराष्ट्रस्थित जलगाउँमा बुधबार साँझ रेल दुर्घटनाका क्रममा मृत्यु भएका एक बालकसहित सातजना नेपालीको शव स्वदेश ल्याउने तयारी भइरहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार यसका लागि दिल्लीस्थित नेपाली राजदूतावासले भारत सरकारका अधिकारीसँग समन्वय गरिरहेको छ । बुधबार भएको उक्त रेल दुर्घटनामा सात नेपालीसहित १३ जना यात्रुको ज्यान गएको थियो । घटनामा घाइते भएका चार नेपालीको उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

घटनामा एकजना बाँके र बाँकी अछाम र कैलालीका नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार कैलालीका ४३ वर्षीया कमला भण्डारी र कैलालीकै ४० वर्षीय लक्षीराम पासीको मृत्यु भएको छ ।

अछाम मंगलसेनका ११ वर्षीय बालकसहित तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा मंगलसेनका ११ वर्षीय हिमु नन्दुराम विश्वकर्मा, ४४ वर्षीय नन्दरम पद्म विश्वकर्मा, ४२ वर्षीय मैसारा कामी विश्वकर्मा र अछाम मकमलबजारकी ६० वर्षीय जोक्ला उर्फा कला कामीको मृत्यु भएको छ । दुर्घटनामा बाँके डडुवाका ३२ वर्षीय राधेश्याम राधको पनि मृत्यु भएको छ ।

घटनामा चारजना नेपाली घाइते भएका छन् । घाइते अछाम मंगलसेनका ३८ वर्षीय ह्युजला सावन्त र आठ बर्षीय धर्मबहादुर सावन्त, दैलेख दुल्लुका मञ्जु परियार र दुल्लुकै १८ वर्षीय दीपक थापाको स्थानीय अस्पतालमा उपचार भइरहेको नेपाली राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij