Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

फर्निचर उद्योगमा आगलागी हुँदा एकको मृत्यु, एकजना घाइते

फर्निचर उद्योगमा आगलागी हुँदा एकको मृत्यु, एकजना घाइते

काभ्रे : काभ्रेको धुलिखेलमा एक फर्निचर उद्योगमा आगलागी भएको छ ।शुक्रबार राती ९ बजेको समयमा धुलिखेल नगरपालिका–९ स्थित श्यामप्रसाद दाहालद्वारा सञ्चालित श्याम सुन्दर फर्निचर सेन्टरमा विद्युत् सर्ट सर्किटका कारण भीषण आगलागी भएको हो ।

सो आगलागीमा ७० वर्षीया टीका देवी दंगालको मृत्यु भएको छ भने उनका श्रीमान तोयानाथ दंगाल घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूले उक्त फर्निचरको रेखदेखको काम गर्दै आएका थिए ।

गएराति पाएको सूचनाको आधारमा आगलागी नियन्त्रणका लागि श्री कालिजंग गण, धुलिखेलबाट पर्शुराम शाक्यको नेतृत्वमा ३४ जनाको टोली ससस्त्र प्रहरीसमेत खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij