Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बालिका बलात्कार आरोपमा एकजना पक्राउ

बालिका बलात्कार आरोपमा एकजना पक्राउ

हेटौंडा : हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार पीडित परिवारको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरिएको हो ।

पीडित परिवारले बिहीवार इलाका प्रहरी कार्यालय पशुपतिनगरमा जाहेरी दर्ता गरेका थिए । जाहेरी परेपछि आरोपितलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए । अनुसन्धान जारी रहेकाले प्रहरीले आरोपीको परिचय गोप्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij