Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

३ जना मृतावस्थामा फेला

३ जना मृतावस्थामा फेला

काठमाडौं : विभिन्न स्थानमा ३ जना मृतावस्थामा फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ चुरियामाई मन्दिरको माथिल्लो डाँडामा रहेको प्रतिक्षालयमा भारत महाराष्ट्र घर भएका ४६ वर्षीय रूद्र गिरी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सिराहाको कर्जन्हा नगरपालिका-६ बेतहास्थित पोखरीमा पनि सोही नगरपालिका-७ मरेवा बस्ने ६५ वर्षीया देवरेन देवी यादव बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । रौतहटको देवाही गोनाही नगरपालिका-६ कर्कचस्थित माछा पोखरीमा कटहरीया नगरपालिका-५ बस्ने ५८ वर्षीय रामचन्द्र राय यादव बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij