Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

रुपन्देही अदालतमा आज पनि उपस्थित हुँदै रवि लामिछाने

रुपन्देही अदालतमा आज पनि उपस्थित हुँदै रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने आज पनि जिल्ला अदालत, रुपन्देहीमा उपस्थित हुँदैछन् ।

हिजो अदालतमा लामिछानेविरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको छ ।

पीडित पक्षको दुई वकिलको बहस भने बाँकी छ, त्यसैले उनी आज पनि उपस्थित हुन लागेका हुन् ।

लामिछाने गत बुधबार पहिलो पटक रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए। त्यसपछि उनी हाजिरी जमानीमा छुटेका थिए ।

अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij