Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

रिक्त रहेका चार जिल्लामा प्रहरी प्रधान कार्यालयले पठाउन सकेन एसपी

रिक्त रहेका चार जिल्लामा प्रहरी प्रधान कार्यालयले पठाउन सकेन एसपी

काठमाडौ : चार जिल्लामा एक सातादेखि नै प्रहरी प्रमुख रिक्त रहेपनि प्रहरी प्रधान कार्यालयले सरुवा गर्न सकेको छैन ।सरुवाको लागि अस्वस्थ चलखेल हुँदा निर्णय हुन नसकेको हो।

बाराका महेन्द्र खड्का, इलामका प्रभु ढकाल, सिन्धुपाल्चोकका सन्तोष खड्का, नुवाकोटका शान्तिराज कोइराला एसएसपीमा बढुवा भएपछि ती जिल्लाको प्रहरी इन्चार्ज रिक्त भएको हो।अन्य केही जिल्लाका एसपीहरुको पनि अवधि करिब ११ महिना भइसकेको छ। उनीहरुको हकमा भने एसपीमा बढुवा र पदस्थापनसँगै सरुवा निकाल्ने तयारी प्रहरी प्रधान कार्यालयको छ ।

त्यसो त बुधबार बढुवा भएर फुली लगाएका २५ एसएसपीले पनि जिम्मेवारी पाएका छैनन् ।बिहीबार उनीहरुको पदस्थापन निकाल्ने तयारी छ । सँगै केही जिल्लाका एसपीहरुको काजको पनि तयारी भइरहेको गृह मन्त्रालय स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij