Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

रविलाई भोलि उपस्थित हुने शर्तमा निकिताको जिम्मा लगाउन अदालतको आदेश

रविलाई भोलि उपस्थित हुने शर्तमा निकिताको जिम्मा लगाउन अदालतको आदेश

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि उपस्थित हुने शर्तमा छाडेको छ ।

भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी जिल्ला न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासले रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउन आदेश दिएको हो ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बिहीबार अदालत उपस्थित भएका थिए ।

बिहीबार उनको बयान सकिएको छ । मरासिनीका अनुसार भोलिबाट उनको थुनछेक बहस सुरु हुनेछ ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij