Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

पेस्तोल देखाएर पैसा असुल्ने अब्दुल कलाम पक्राउ

पेस्तोल देखाएर पैसा असुल्ने अब्दुल कलाम पक्राउ

रौतहट : प्रहरीले रौतहटबाट नक्कली पेस्तोल देखाएर सर्वसाधारणसित पैसा असुल्ने एक जनालाई पक्राउ गरेको छ ।

रौतहटको ईशनाथ नगरपालिकास्थित सीमावर्ती इलाकामा नक्कली पेस्तोल देखाएर सर्वसाधारणसँग पैसा असुलेको आरोपमा प्रहरीले एक भारतीयलाई पक्राउ गरेको हो।

सोमबार राति पक्राउ परेका भारतीयलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।

भारत बिहार मोतीहारी जिल्ला खडुही ग्राम पञ्चायत-४ का अब्दुल कलामले नक्कली पेस्तोल देखाएर सिमावर्ती गाउँका स्थानीयलाई ठगेको हुनाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

भारतीय सीमासँग जोडिएको ईशनाथ-४ मठीयागाउँ छेउमा भारतीय नागरिक कलामले सोमबार राति नक्कली खेलौना पेस्तोल देखाएर सर्वसाधारणसँग पैसा मागिरहेको सूचनाको आधारमा प्रहरी चौकी मठीयाले पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij