Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

गोरखामा स्कुटर दुर्घटनामा एकजनाको मृत्यु

गोरखामा स्कुटर दुर्घटनामा एकजनाको मृत्यु

गोरखा : स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा गोरखामा एकजनाको मृत्यु भएको छ । जिल्लाको पालुङटार गाउँपालिका–५, लामागाउँस्थित हवाई ग्राउन्डनजिकै बा ८२ प २१९९ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक २४ वर्षका सुरेश गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए ।

तीव्रगतिमा लामागाउँबाट हवाई ग्राउन्डतर्फ जाँदै गरेको स्कुटर दुर्घटनामा परेको उनको भनाइ छ । अजिरकोट गाउँपालिका–३, हङ्सपुर स्थायी घर भएका गुरूङ पालुङटारमा बस्दै आएका थिए । दुर्घटनाग्रस्त स्कुटर र शव मंगलबार फेला परेपछि घटनाको अनुसन्धान गर्दा गुरूङ आफैँले चलाएको स्कुटर दुर्घटनामा परेको खुलेको हो ।

स्थानीयवासीले दुर्घटनाग्रस्त स्कुटर र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । तीव्रगतिका कारण स्कुटर सडक किनारमा पल्टिएर दुर्घटना भएको जनाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij