Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

महोत्तरीमा पूर्वगाविस अध्यक्षका छोरा मृत फेला, हत्याको आशङ्का

महोत्तरीमा पूर्वगाविस अध्यक्षका छोरा मृत फेला, हत्याको आशङ्का

जनकपुरधाम : महोत्तरीको सोनमा गाउँपालिका-२ स्थित बस्ती छेउमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।पूर्वगाविस अध्यक्ष गोखुल यादवको २८ वर्षीय छोरा ज्ञानु भनिने नरेन्द्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले जानकारी दिए ।

घटना र शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीको आशङ्का छ ।शव अर्धनग्न अवस्थामा फेला परेको र गम्छाले घाँटी थिचिएजस्तो देखिएकोले पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानले वास्तविकता खुल्ने एसपी पोखरेलले बताए ।प्रहरीले कुकुरसहितको टोली ल्याएर अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij