Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

खुकुरी प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

खुकुरी प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

सुनसरी : साथीमाथि खुकुरी प्रहार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धरान-१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान-८ का २२ वर्षका रोमन गुरुङ, सोही ठाउँका १७ वर्षका प्रस्थान राई र धरान-५ का २१ वर्षीय सुदीप तामाङ छन्।

उनीहरुलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए।

गत शनिबार धरान उपमहानगरपालिका-१५ स्थित सदन रोडमा २१ वर्षका रिजन राईमाथि खुकुरी प्रहार भएको थियो। शनिबार बिहान चिया खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा राईमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। प्रतिष्ठानले तत्कालै विराटनगरस्थित विराट नर्सिङ अस्पताल रेफर गरेको थियो। हाल उनको उपचार भइरहेको छ। राईको टाउको, बायाँ हात र कुहिना काटिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij