Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

नवलपुरमा स्कुल बसमा पनि ट्राफिक चेकिङ सुरू, एकै दिनमा नौवटा सवारीसाधन कारबाहीमा

नवलपुरमा स्कुल बसमा पनि ट्राफिक चेकिङ सुरू, एकै दिनमा नौवटा सवारीसाधन कारबाहीमा

नवलपुर : नवलपुरमा स्कुल बसमा पनि ट्राफिक उल्लङ्घन हुने गरेका घटनाहरु बाहिर आएपछि ट्राफिक प्रहरीले चेकिङ बढाएको छ ।नवलपुरका गैँडाकोटमा पहिलोपटक गरिएको ट्राफिक चेकिङमा नौवटा सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर कावासोतीका प्रमुख जनकराज बन्जाराले बताए । स्कुल बसमा खास गरेर सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर बोक्ने गरिएको र कतिपयले बसको बिलबुकसमेत नबोक्ने गरेको पाइएको उनले बताए ।

जिल्ला बाल क्लब नवलपुरको नेतृत्व, जिल्ला ट्राफिक कार्यालयको समन्वय साथै एनसिसी अल्मुनाई एसोसिएसन नवलपुर जिल्ला कमिटी र अस्थायी प्रहरी पोस्ट गैँडाकोटको उपस्थितिमा गैँडाकोट–२ स्थित पूर्वपश्चिम राजमार्गमा स्कुल बस चेकजाँच गरिएको हो । बिहान ९ बजेदेखि १०ः३० र बेलुकी ३ः४०–५ः३० सम्मको समयमा चेकजाँच गरिएको हो ।

विद्यालय बस सञ्चालन निर्देशिका, २०७४ को मापदण्डविपरीत सञ्चालनमा आएका अरोमा, एपेक्स, मामाघर एकेडेमी, साइनिङ स्कुल र अक्सफोर्ड कलेज गरी चार विद्यालयका नौवटा बस कारबाहीमा परेका छन् । अरोमा कलेज चितवनका पाँच , एपेक्स एकेडेमी चितवन, साइनिङ स्कुल गैँडाकोट, अक्सफोर्ड कलेज गैँडाकोट र मामाघर एकेडेमी कावासोतीका एक–एकवटा गरी जम्मा नौवटा बस कारबाहीमा परेका हुन् ।

जिल्ला बाल क्लबका सचिव तथा एनसिसी अल्मुनाई एसोसिएसन नेपाल, नवलपुर जिल्ला कार्यसमिति निर्देशक विशाल सापकोटाले विद्यालय बस सञ्चालन निर्देशिकाबमोजिम गाडीमा प्राथमिक उपचार कीट, फायर एक्सटिङ्ग्विसर, आपतकालीन ढोकाका साथै ह्यामर पनि नरहेको र कतिपय गाडी विद्यार्थी बोक्नयोग्य नरहेको पाइएको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij