स्याङ्जा : स्याङ्जामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।स्याङ्जाको आँधीखोला गाउँपालिका-५ स्थित कृषि-ओहिया भित्री सडकमा ग १ क ५१३९ नम्बरको ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरमा सवार एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका-१४ का ३७ वर्षीय चन्द्रबहादुर नेपाली छन्।दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गण्डकी अस्पताल पोखरामा गएराति १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।घाइतेहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij