Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

रुपन्देहीमा पनि रवि, छविविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी

रुपन्देहीमा पनि रवि, छविविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी

काठमाडौँ : रुपन्देहीमा पनि आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी रहेको छ ।रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा सरकारी वकिलको कार्यालयले उनीहरुमाथि मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।

लामिछानेसहितका थप प्रतिवादीविरुद्ध पूरक अभियोग आज अदालत लैजाने तयारी गरिएको छ । बिहीबार थप अभियोग लगिएकाले अरुको हकमा आज पूरक अभियोग लैजाने सरकारी वकिल कार्यालयको तयारी छ ।रवि लामिछाने र छविलाल जोशीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा अभियोग दर्ता गर्ने सरकारी वकिलको तयारी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij