Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

रूपन्देही अदालतमा रविसहित १४ जनाविरूद्ध मुद्दा दर्ता गर्ने तयारी

रूपन्देही अदालतमा रविसहित १४ जनाविरूद्ध मुद्दा दर्ता गर्ने तयारी

बुटवल : सुप्रिम सहकारीको बचत रकम अपचलन आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेविरूद्ध जिल्ला अदालत रूपन्देहीमा पनि मुद्दा दर्ता हुने भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीले सहकारी ठगी र संगठित अपराध कसुरमा रविविरूद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको हो। बुधबार काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन कसुरमा ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

उक्त आदेशपछि रिहा भएका लामिछानेविरूद्ध रूपन्देहीमा पनि मुद्दा दर्ता हुन लागेको हो। पूर्व डिआइजी छविलाल जोशीसहित १४ जनाविरूद्ध मुद्दा दायर गर्न लागेको हो।

जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीका सूचना अधिकारी सहायक जिल्ला न्यायाधिवक्ता उमाकुमारी केसीले रविविरूद्ध बिहीबार मुद्दा दर्ता गर्ने तयारी रहेको बताइन्।‘सम्भवतः आज साँझ सम्म अदालतमा मुद्दा लैजान्छौं, अभियोगपत्र रूजु गर्ने काम भइरहेको छ,’ उनले भनिन्।

इलाका प्रहरी कार्यालय बुटवलले गत पुस २६ गते नै लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बुझाएको थियो।

कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि गत कात्तिक २७ गतेदेखि २९ गतेसम्म जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा पुगेर लामिछानेले बयान दिएका थिए।

यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिम सहकारीको मुद्दा गत वैशाख ३ मा अदालतमा दर्ता भएको थियो। त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ ?पैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरूद्ध मुद्दा दायर भएको थियो।

सुप्रिम सहकारीबाट लामिछानेले २ करोड र जिबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख ?पैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेलाइ ४ करोड भन्दा बढिको बिगो माग गरेको छ। दुई करोड व्यक्तिगत र दुई करोड बढी सामुहिक दायित्व गरी चार करोड भन्दा बढीको बिगो माग गरिएको प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए।

सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दा गत कात्तिक २ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछाने ८४ दिनमा हिरासतबाट रिहा भएका थिए।

जिल्ला अदालत कास्कीको आदेशबाट ६५ लाख धरौटी बुझाएर रिहा भएका लामिछाने सोही मुद्दामा गत आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए।

कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटी बुझाएर रिहा भएका लामिछाने माथि जिल्ला अदालत रूपन्देहीमा अभियोगपत्र दर्ता भएपछि थुनछेक बहस हुनेछ। मुद्दा दर्ता भएपछि अदालतले लामिछानेलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij