Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

जापान पठाइदिन्छु भनी ठगी गर्ने चौधरी पक्राउ

जापान पठाइदिन्छु भनी ठगी गर्ने चौधरी पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा दाङ तुल्सीपुर उपमहानगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने ३७ वर्षीय रमेश चौधरी रहेका छन्।

रमेशले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ३२ हजार ५ सय रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नयाँबसपार्कबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij