Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

धरानबाट लागूऔषध कारोबारमा संलग्न दुई महिला पक्राउ

धरानबाट लागूऔषध कारोबारमा संलग्न दुई महिला पक्राउ

धरान : लागूऔषध कारोबारमा संलग्न दुईजना महिलालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ ।धरान उपमहानगरपालिका-१० पुतलीलाइन स्थित कृष्ण नेवारको घरमा डेरा गरी बस्ने दुईजना महिलालाई लागूऔषधसहित पक्राउ गरिएको हो ।नेवारको घरमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा छापा मारिएको थियो।

लागूऔषध कारोबारमा संलग्न २७ वर्षीया मनिका बिक र ३८ वर्षीया रेनुका लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।बिकले कोठाको लोबेड माथि सुडकेशमा लुकाइराखेको प्रतिबन्धित लागूऔषध ट्रामाडोल २ हजार ५ सय क्याप्सुल बरामद गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij