Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

रविबारे अदालतले भन्यो – कसुरदार होइनन् भन्न सक्ने अवस्था देखिएन

रविबारे अदालतले भन्यो – कसुरदार होइनन् भन्न सक्ने अवस्था देखिएन

काठमाडौं : काठमाडौं जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछाने कसुरदार होइनन् भन्न सक्ने अवस्था नरहेको टिप्पणी गरेको छ ।

स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिनामा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधवार थुनछेक आदेश जारी गर्दै यस्तो टिप्पणी गरेको हो ।

‘…प्रतिवादी रवि लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिँदा अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएको’ भन्ने वाक्य आदेशमा उल्लेख छ ।

यही कारण रविलाई उनका वकिलले मागदावी गरेजस्तो अदालतले साधारण तारेखमा छाड्न इन्कार गरेको छ । यसैले उनीसँग ६० लाख धरौटी मागेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij