Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

अदालत परिसरमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात

अदालत परिसरमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात

काठमाडौं : जिल्ला अदालत काठमाडौंको परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको छ।

सहकारी पीडितका तर्फबाट वकिल रहेका त्रिपाठीमाथि अदालत परिसरमा आज हातपात भएको हो।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेको थुनछेक आदेश आउनुअघि त्रिपाठीमाथि हातपात भएको प्रहरीले जनाएको छ।

त्रिपाठीमाथ हातपात आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका व्यक्तिको नाम प्रहरीले खुलाएको छैन। रविविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ ।

न्यायाधीशले आजै आदेशको तयारी गरेका छन् । रविको मुद्दाबारे आदेश आउने भएपछि रास्वपा र रविका समर्थक अदालत आसपास बाक्लो संख्यामा उपस्थित भएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij