Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

अपहरण गरी फिरौती माग्ने भारतीय पक्राउ

अपहरण गरी फिरौती माग्ने भारतीय पक्राउ

काठमाडौँ : अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सितामाढी बसबिट्टा बस्ने २२ वर्षीय सुधीर कोइरी रहेका छन् ।कोइरीले गत वैशाख ९ गते रौतहट परोहा नगरपालिका-२ तेजापाकड बस्ने ३० वर्षीय हिरामन महतोलाई माधव नारायण नगरपालिका-६ माधोपुरबाट अपहरण गरी भारतमा लगेका थिए । उनले परिवारसँग चार लाख रुपैयाँ फिरौती माग गरी फरार रहेका थिए ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मंगलबार पक्राउ गर्न सफल भएको हो । कोइरीलाई सर्लाही जिल्लाको सीमावर्ती इलाकामा लुकीछिपी आउने जाने गरेको अवस्थामा पक्राउ पक्राउ गरिएको प्रहरीको भनाई छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij