Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

चार क्विन्टलभन्दा बढी रक्तचन्दनसहित दुई जना पक्राउ

चार क्विन्टलभन्दा बढी रक्तचन्दनसहित दुई जना पक्राउ

काठमाडौं : काठमाडौं पेप्सीकोलाबाट प्रहरीले रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको हो।

उनीहरुको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो।

बरामद गरिएको रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको प्रहरी स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij