Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

झापामा बस दुर्घटना हुँदा ११ जना घाइते

झापामा बस दुर्घटना हुँदा ११ जना घाइते

झापा : झापाको शिवसताक्षी नगरपालिका १ स्थित धरमपुरमा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।बुधबार बिहान ६ः३० बजे काँकडभिट्टा पूर्वबाट धरान पश्चिमतर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको यात्रुवाहक बस धरमपुरमा दुर्घटना हुँदा करिव ११ जना यात्रु घाइतेका हुन् ।

नागरिक यातायातको यात्रुवाहक बस अनियन्त्रित भई बस सडकबाट तल खसेर पल्टिएको थियो । घाइते सबैको अवस्था सामान्य रेहेको र विर्तामोडस्थित विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक मेचीनगर –१० धुलाबारी बस्ने ५४ वर्षीय टिका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij