Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

दुर्घटनामा न्यायाधीशसहित दुईजना घाइते

दुर्घटनामा न्यायाधीशसहित दुईजना घाइते

सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका-३ मा मंगलबार सवारी दुर्घटनामा उच्च अदालत पाटनका न्यायाधीशसहित दुई जना घाइते भएका छन् ।घाइते हुनेमा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी र उहाँसँगै कारमा सवार मोरङको विराटनगर–४ का ७६ वर्षीय कृष्ण खनाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो ।

घाइते न्याधीश रेग्मीको कान, हात, खुट्टा र मुखमा चोट लागेको प्रहरीले जनाएको छ । काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बिएबी ७१४६ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो ।दुर्घटनामा घाइते भएका दुवैको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij