Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ

अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ

काठमाडौँ : अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार घर भएका २२ वर्षीय सुधीर कुमार कोइरी छन् ।

आरोपीलाई सर्लाहीको बलरा नगरपालिका–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले रातोपाटीलाई बताए । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भएको छ । २०८० वैशाख १० देखी फरार उनलाई थप अनुसन्धान र कारबाहीका लागी रौतहटमा पठाइएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij