Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

चापागाउँ दोबाटोको भाटभटेनीलाई १० हजार जरिवाना

चापागाउँ दोबाटोको भाटभटेनीलाई १० हजार जरिवाना

काठमाडौं : संयुक्त बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोमा रहेको भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ।ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त अनुगमन समितिले भाटभटेनीलाई सोमबार १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

संयुक्त बजार अनुगमन समितिले अनुगमन गर्दा भाटभटेनीमा म्याद उल्लेख नगरिएको तथा मापदण्डअनुसार प्याकेजिङसमेत नगरिएको इम्लीको अचार फेला परेको थियो।

ललितपुरको जिल्लाको संयुक्त बजार अनुगमन समितिमा उद्योग तथा वाणिज्य कार्यालय, नेपाल पत्रकार महासंघ लगायतका प्रतिनिधि थिए ।सो टोलीले चापागाउँदोवाटोको मकवानपुर फष्टफुड र ए टु जेड स्टोरमा समेत अनुगमन गरी देखिएका कमजोरी सुधार्न सचेत गराएको छ ।

मकवानपुर फास्टफुडले स्थानीय तहमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको र ए टु जेड स्टोरले मूल्यसूची नराखेको पाइएपछि सचेत गराइएको अनुगमन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij