सिन्धुली : सिन्धुलीमा ४१ तोला सुनसहित एक जना पक्राउ परेका छ्न् । सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानमा ४१ तोला बढी अबैध काँचो सुन सहित एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।बर्दिवासबाट काठमाण्डौंतर्फ आउँदै गरेको बा ४ ख ५५४० नंम्बरको फोर्स गाडीबाट ४१ दशमलब ३५ तोला काँचो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
उक्त गाडीमा सवार पर्सा जिल्ला पोखरिया नगरपालिका वडा न.- ८, जगतपुरका ४८ वर्षीय बिक्रम साहको कालो रंगको झोलाभित्र कपडाले बेरिएको अवस्थामा बिल बिजक नभएको ४१ दशमलब ३५ तोला काँचो सुनसहित विभिन्न गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार बरामद भएको सुनको मुल्य ६४ लाख ६१ हजार ९ सय ८२ रुपैयाँ रहेको छ । विशेष सुचनाका आधारमा भिमान चेकपोस्ट चेकजाँच गर्दा शाहको साथबाट औठी त्रीहत्तर थान, मंगलसुत्र पाँच थान, झुम्का/टप छ थान, बाला एक थान, नेकलेस एक थान, हिरा जस्तो देखिने सेतो टल्कने पत्थर कागजको सानो सानो पोकामा बाह्र थान, मोवाईल एक थान र १९ हजार नगद समेत प्रहरीले बरामद गरेको छ ।शाहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij