काठमाडौं : काठमाडौं अनामनगरस्थित सिलौटो रेस्टुरेन्टको खाजामा साङ्ला भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन लाख रुपैयाँ जरिवाना तिराएको छ। सोमबार ट्रक व्यवसायी महासंघले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रमको खाजामा साङ्ला भेटिएको थियो।
खाजामा साङ्ला भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिलौटो रेस्टुरेन्टलाई तीन लाख रुपैयाँ जरिवाना तिराइएको विभागका सूचना अधिकारी डिक बहादुर कार्कीले जानकारी दिए।
‘सोमबार दिउँसो भएको एक कार्यक्रममा वितरण गरिएको खाजामा कीरा भेटिएको उजुरी आएको थियो। हाम्रो अनुगमन टोली कीरा भेटिएको पुष्टि गरेपछि तीन लाख रुपैयाँ जरिवाना गराएका छौं,’ कार्कीले भने। साङ्ला वा अन्य कीरा फेला परेको हो भन्ने विषयमा रेष्टुरेन्टका संचालकलाई सम्पर्क गर्दा उनी यसबारे बोल्न चाहेनन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij