चितवन: चितवन उद्योग संघ महिला उद्यमी मञ्चको आयोजनामा स्किन केयर अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग तथा बाणिज्य कार्यालय चितवनका प्रमुख विनोद पौडेल प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि पौडेलले स्वस्थ जीवनले हरेक मानिसहरुको दैनिक जीवनयापनमा महत्वपूर्ण भूमिका राख्ने हुनाले हरेक व्यक्तिको जीवनमा स्किनको केयर हुन जरुरी रहेको बताउनुभयो ।
त्यस्तै विशिष्ट अतिथि चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेले व्यक्तिको दैनिक दिनचर्यामा शारीरिक स्वस्थ निकै उपयोगी हुने र स्किन केयरले व्यक्तित्व विकासमा समेत टेवा पुग्ने बताउनुभयो ।
चितवन उद्योग संघ, महिला उद्यमी मञ्चका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सरिता खनाल पौडेलले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा चितवन स्किन क्लिनिकका छाला तथा यौन रोग बिशेषज्ञ डा.अच्युत पोख्रेलले स्किन केयरसँग सम्बन्धित प्रस्तुतिकरण राख्नुभएको थियो ।

कार्यक्रममा समु हर्वल व्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टरका बाल कुमारी रानाभाट, आरती ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरका आरती ढकाल तामाङ र रोशनी ढकाल, दिलिसा व्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टरका लक्ष्मी देवकोटा, एआर ब्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टरका रिता महत्तो, दुर्गा व्यटीपार्लर एण्ड कस्मेटिकका कृतिका आचार्य, शुभारम्भ प्रशिक्षण केन्द्रका दिपा ढकाल, यु एण्ड मी ब्युटि पार्लर ट्रेनिङ सेन्टरका शर्मिला थापा स्किन टिट्रमेन्टकर्ताको रुपमा रहनु भएको थियो ।
३५ जनाले सेवा लिएको स्किन टेष्ट तथा फेसियल ट्रिटमेन्ट कार्यक्रममा कसउईज हर्बलका उत्पादनहरुलाई प्रयोग गरिएको थियो । चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी सचिव गीता ढकालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोतीले धन्यबाद मन्तब्य सहित समापन गर्नुभएको थियो ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij