Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

रवि लामिछानेलाई आज पनि हिरासतमै पठाउन अदालतको आदेश

रवि लामिछानेलाई आज पनि हिरासतमै पठाउन अदालतको आदेश

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज र भोलि पनि हिरासतमै रहने भएका छन्।

आज थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको हो ।

समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने आज बहस हुन सकेन । यो सँगै लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन् ।

उनलाई आइतबार पनि काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij