Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज थुनछेक बहस सुरू हुने भएको छ। थुनछेक बहसका लागि प्रहरीले लामिछानेलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराएको हो।

आइतबार बयान सकिए पनि थुनछेक बहस नभएपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको थियो।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार रिहा भएका लामिछाने आइतबार बिहान अदालतमा आफै उपस्थित भएका थिए।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनको हिजो दिनभर बयान चलेको थियो। कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको रास्वपा सभापति लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछन्।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न लामिछानेसहित जीबी राई,पूर्वडीआईजी छविलाल जोशी,जीबीको साढुभाई दीपक लामा,कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहितका ३९ जनालाई ‍प्रतिवादी कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij