Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

काठमाडौं प्रहरीद्वारा ५ महिनामा एक हजार बढी फरार प्रतिवादी पक्राउ

काठमाडौं प्रहरीद्वारा ५ महिनामा एक हजार बढी फरार प्रतिवादी पक्राउ

काठमाडौं : फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान सञ्चालन गरेको काठमाडौं प्रहरीले पछिल्लो ५ महिनामा एक हजार ८४५ फरार प्रतिवादी पक्राउ गरेको छ । यो सङ्ख्या बिहीबारसम्मको हो ।

काठमाडौँ प्रहरीले विभिन्न स्थानबाट एक हजार ८४५ फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरेको काठमाडौं परिसरका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

काठमाडौं प्रहरीले गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ८४, कात्तिकमा एक सय तीन र मङ्सिरमा दुई सय आठ फरार प्रतिवादी पक्राउ गरी कारागार चलान गरिसकेको छ ।

साउनदेखि यही पुस २५ गतेसम्म एक हजार आठ सय ४५ फरार प्रतिवादी पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए । अदालतले विभिन्न कसुरमा उनीहरूविरुद्ध चार करोड ८२ लाख ३६ हजार पाँच सय ८५ जरिवाना र एक सय ४३ वर्ष आठ महिना २६ दिन कैद फैसला गरेको छ ।अदालतको फैसलालगत्तै उनीहरू फरार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij